• 011-662914
  • info@Chandeshwori.coop.np

Events

चण्डेश्वरी साकोसको सामुदायीक बिद्यालय सहयोग आजाद मा.बि.लाई हस्तान्तरण

2024-01-19

बनेपा

बनेपा ८,    चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले सामुदायीक बिद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा ५ स्थीत आजाद माध्यामिक बिद्यालयलाई ३० हजार बराबर साउण्ड सीस्टम हस्तान्तरण गरेको छ । माघ ५ गते बिद्यालयको प्रङ्गणमा बिद्यार्थीहरुको उपस्थीतिमा भएको छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादेश्रेष्ठले बिद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठलाई सो साउण्ड सीस्टम हस्तान्तरण गरेको हो । 
कार्यक्रममा संस्थाका प्र.का.अ. झलेन्द्र दाहाल, सह सचिब रोशना राजबंशी, संचालक सदस्य मनोहरी पोटे, बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठको उपस्थीति रहेको थियो । कार्यक्रममा संस्थाका प्र.का.अ. झलेन्द्र दाहालले संस्थाले हरेक बर्ष समुदायीक बिद्यालयलाई लक्षित गरि यस प्रकारको सहयोग गर्ने गरेको बताएका छन । साथै सो साउण्ड सिस्टम प्रयोग गरि बिद्यार्थिहरुले आफ्नो गायन उद्घोषन जस्ता कलामा निखार ल्याउन प्रयोग गर्न बिद्यार्थिहरुलाई सुझाव दिएका छन । 
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले हरेक बर्ष समुदायीक बिद्यालय सहयोग कार्यक्रम गर्ने गरेको छ । अघिल्लो बर्ष बनेपा ४ नाला स्थीत श्री चण्डेश्वरी माध्यामिक बिद्यालयलाई खानेपानी प्युरिफायर हस्तान्तरण गरेको थियो ।